काठमाडाैं ।। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा विश्व समुदायले दुःख व्यक्त गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हिजो बिहान आवेको गोली हानी हत्या गरिएको थियो । गोली लागि घाइते हुनुभएका आवेको उपचारको क्रममा निधन भएको हो । घटना पछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आवेमाथि भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गर्नुभएको छ । उहाँको निधनमा विश्वका विभिन्न मुलुकले दुः ख व्यक्त गरेको छ । पूर्व प्रधानमन्त्री आवेको निधन भएकोप्रति नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले शोक व्यक्त गर्नुभएको छ । साथै आज राष्ट्रिय शोक मनाउने पनि सरकारले निर्णय गरेको छ । भारतमा पनि पूर्व प्रधानमन्त्री आवेको निधनमा एकदिन शोक मनाउने घोषणा गरिएको छ । यस्तै अमेरिकाले पनि जापानी पूर्व प्रधानमन्त्रीको हत्यालाई निन्दनीय बताएको छ । इन्डोनेशिया, बेलायत, दक्षिण कोरिया, स्पेन, क्यानडा लगायतका मुलुकले पनि आवेको निधनमा दुःख व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here