काठमाडौं ।। कलाकार नीता ढुंगानाले ज्योतिष हरिहर अधिकारीसँग लगनगाँठो कसेकी छन्। आज शुक्रबार उनीहरुले काठमाडौंको पाँचतारे होटलमा बिहे गरेका हुन्।
उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। वैवाहिक कार्यक्रममा निकटका फिल्मकर्मी, सञ्चारकर्मी र आफन्तमात्र उपस्थित थिए।
विवाहलगत्तै नीता र हरिहर ‘ह्रस्वदीर्घ’ नामको छायांकनमा निस्कने तयारीमा छन्।





