काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्। माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ उचाइमा पु¥याउने गरी अभियान चलाउने पनि बताए।
‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने।
माओवादी केन्द्रले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । महाधिवेशनले निर्वाचित गरेको पार्टी कमिटीलाई थप गति दिनका लागि विशेष महाधिवेशन गरिने उनले बताए।





