काठमाडाैं ।। विश्वभर भोकमरी बढ्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । खाद्य तथा कृषि संगठन, विश्व खाद्य कार्यक्रम विश्व स्वास्थ्य संगठन लगायतका एजेन्सीहरूले तयार पारेको संयुक्त राष्ट्रसंघको खाद्य सुरक्षा र पोषण प्रतिवेदन अनुसार गत वर्ष विश्वको जनसङ्ख्याको करिव १० प्रतिशत अर्थात ८ सय २८ लाख नागरिक भोकमरीबाट प्रभावित भएका थिए । रूस–युक्रेन युद्धबाट उत्पन्न भएको खाद्यान्न, इन्धन र मलको मूल्य वृद्धिले देशहरूलाई अनिकालमा धकेल्ने खतरा रहेको विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले बताउनुभयो ।





