कोलम्बो ।। अर्थतन्त्रको चरम संकट भोगिरहेको श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले अर्थतन्त्रलाई फर्काउन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तर, स्थिरता आउन १८ महिना लाग्ने उनको भनाइ छ ।
“सन् २०२३ कठिन हुनेछ । तर, २०२४ सम्ममा केही परिवर्तन आउनेछ,” विक्रमासिङ्गेले गतसाता बिहीबार अलजजिरालाई विस्तृत अन्तर्वार्ता दिँदै भनेका छन् ।
मे महिनामा छैटौं पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय नेताले असाधारण परिस्थितिमा आफूले पदभार ग्रहण गरेको स्पष्ट पारे । “हामीले सरकारबिना झण्डै दुई दिन बितायौं । धेरै कुरा हातबाट बाहिर गइरहेका छन्,” इन्धन र बिजुलीको अभावमा भएको जनविरोधको स्मरण गर्दै उनले भने । उक्त घटनाले महिन्दा राजापाक्षे, उनका पूर्ववर्ती र राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइलाई राजीनामा दिन बाध्य बनाएको थियो ।
२२ मिलियन जनसंख्या भएको टापु राष्ट्रले वर्षको सुरुमा नै खाद्यान्न र औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव झेलेको थियो । इन्धन र वस्तुको अभावका कारण सरकारसँग वस्तु आयात गर्नको लागि विदेशी मुद्रा सञ्चिति सकिएपछि पूर्णरुपमा अहिले अलपत्र परेको अलजजिराले जनाएको छ ।
श्रीलंकाले अप्रिलमा आफ्नो बाह्य ऋण चुक्ता गर्न सकेन । यता, विदेशी सञ्चिति न्यून भएकाले उसले अन्तर्राष्ट्रिय बजारबाट आफ्ना आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहनस परेको छ ।
कोलम्बोका सडकहरू लगभग खाली छन् । केही पेट्रोल पम्पहरू नजिक लामो लाइनहरू देख्न सकिन्छ । तर, शैक्षिक संस्था, व्यापार र सरकारी कार्यालयहरू बन्द छन् । कुनै समय पर्यटकले भरिभराउ हुने राजधानीका होटलहरू पाहुनाको चरम अभावका कारण आर्थिक मन्दी झेलिरहेका छन् ।
सन् १९४८ मा स्वतन्त्रता पछिको सबैभन्दा खराब संकटबाट गुज्रिरहेको श्रीलंकामा कम्तीमा जुलाई २२ सम्म पेट्रोलको अभाव हुने देखिन्छ । अलजजिरा
Home अन्तराष्ट्रिय श्रीलंकाको अर्थतन्त्र संकटबाट बाहिरिन १८ महिना लाग्ने प्रधानमन्त्री विक्रमासिङ्गेकाे भनाइ
श्रीलंकाको अर्थतन्त्र संकटबाट बाहिरिन १८ महिना लाग्ने प्रधानमन्त्री विक्रमासिङ्गेकाे भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।