काठमाडाैं ।। नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।
आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूकाे बैठकले प्रस्ताव तयार पार्ने जिल्ला प्रचण्डलाई दिएकाे हाे। अध्यक्ष प्रचण्डले सबै नेताहरूको सुझावलाई ध्यानमा राखेर संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने बताएका छन्।
गत पुसमा महाधिवेशन सम्पन्न भए पनि हालसम्म माओवादी केन्द्रले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्न सकेको छैन। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्ने दबाब दिएपछि केन्द्रीय बैठक स्थगित गरिएको थियो।
त्यसपछि संगठनको स्वरूपका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरूलाई खुमलटार बोलाएका थिए।
अध्यक्ष प्रचण्डले बुधवार बस्ने केन्द्रीय बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ। माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था रहेकाे छ।
माओवादी केन्द्रको बैठकः संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्डलाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।