रामेछाप ।। रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान खुलेको छ। मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएकाहरूको पहिचान खुलेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार मृत्यु हुनेमा अधिकांश रामेछापको सुनापति गाउँपालिकाका रहेका छन्। मृत्यु हुनेमा सुनापति ५ का ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीया विपना तामाङ, र ३६ वर्षीया सन्जु आले मगर रहेकी छन्।
त्यस्तै, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका ४ का २७ वर्षीय कमल तामाङ, पाँचखाल ८ का १८ वर्षीय सुदीप गजमेर, ४० वर्षीय कुलबहादुर बिक तथा काभ्रेपलान्चोक मण्डन देउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु सबैकाे घटनास्थलमै मृत्यु भएकाे थियाे।
दुर्घटनामा घाइते भई उपचारका लागि धुलिखेल ल्याइएका ४ जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ। उपचारका क्रममा १ महिला र ३ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १८ जनाको धुलिखेल र ३ जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here