एजेन्सी ।। रुसले युक्रेनको लुहान्स्कमाथि कब्जा गरेको दावी गरेको छ । पूर्वी शहर लिसिचान्स्कमाथि कब्जा गरेसँगै पुरै लुहान्स्क अब रुसको कब्जामा रहेको रुसी रक्षा मन्त्रालयले बताएको छ । लिसिचान्स्क सहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले नै पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । युक्रेनी सेनाका जनरल स्टाफले लिसिचान्स्कका लागि लामो समयको युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएको बताउनुभएको छ । उहाँले रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बलको सामुन्ने युक्रेनी सेना पछि हट्नुपरेको पनि बताउनुभयो । रुस र युक्रेनबीचको युद्ध १ सय ३२ दिनदेखि जारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here