काठमाडाैं ।। सरकारले मनसुनजन्य रोगका लागि चाहिने आवश्यक औषधि तयारी अवस्थामा रहेको बताएको छ । काठमाडौं उपत्यकामा फैलिएको हैजा र अन्य स्थानमा मनसुनमा देखिने सङ्क्रामक रोगको जोखिमलाई ध्यानमा राखेर सरकारले आवश्यक औषधि र पुर्नजलिय झोलयुक्त तत्त्वहरू तयारी अवस्थामा रहेको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले मनसुनजन्य विपदबारे योजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले हरेक वर्ष मनसुनजन्य विपदको बेला देखा पर्ने सरुवा तथा सङ्क्राम रोगको जोखिमलाई ध्यानमा राखेर योजना अनुसार काम गर्दै आएको बताउनुभयो । उहाँले मनसुनको समयमा देखिने विभिन्न सङ्क्रामक र सरुवा रोगबाट जोगिनका लागि सर्वसाधारणले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भएकाले सचेत रहन पनि आग्रह गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।