जनकपुर ।। जनकपुर रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । ५ सय धार्मिक पर्यटकसहित भारतको रामायण सर्किट रेल ‘भारत गौरव टुरिस्टल रेल’ बिहीबार जनकपुर आइपुगेको छ। नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले भारतीय रेल धार्मिक पर्यटकसहित नेपाल आइपुगेको हो।
जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायत जनप्रतिनिधि तथा जनकपुरबासीहरुले भारतीय पर्यटकहरुलाई स्वागत गरेका छन्
मंगलबार भारतको नयाँ दिल्लीबाट यात्रा सुरु गरेको यस रेललाई जनकपुरमा ब्रोडगेज रेल लिंक भएकै कारण नेपाल ल्याउन सम्भव भएको हो।
त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धलाई जोडेर भारतको अयोध्या र जनकपुरलाई केन्द्रमा राखेर रामायण सर्किटको परिकल्पना गरिएको हो।
रामायणमा उल्लेख गरिएका अन्य ठाउँहरुलाई धार्मिक पर्यटनसँग जोड्न भारत सरकारले यस रेलको यात्रा आरम्भ गरेको छ। ४ वर्षपूर्व भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी जनकपुर आउँदा दुई देशबीच रामायण सर्किट सम्झौता भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here