काठमाडाैं ।। विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै उनले बुधवार पदबाट राजीनामा दिएका हुन् ।
मिश्रले आफू पार्टीको साधारण सदस्य भने रहिरहने जनाएका छन् । उनले निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी पनि लिएका छन् ।
‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ,’ उनले भनेका छन् ।
यस्तै उनले विवेकशील साझाबाट पार्टी संयोजकलगायतलाई गरिएको कारबाही फिर्ता गरिदिन पनि कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।
मिश्रले आफूबाट भएका कमजोरी र त्रुटिप्रति पनि क्षमा याचना गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here