बर्दिबास ।। बर्दिबासमा मतपेटिका नखोल्दै मत परिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए । तर आज निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो ।
मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले घोषणा अनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।
यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । वडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौँ,सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने छ ।
वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत पाएका थिए । उनीहरुको मतान्तर जम्मा ६ छ । गन्न बाँकी मतपेटिकामा ८०/८५ मत रहेको अनुमान रहेको भन्दै समसेर भन्छन्, ‘नजिता जे पनि आउनसक्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here