डाक्टर राजिक आलम र मोहमद जैद राजा

रौतहट ।। रौतहट जिल्लाको राजपुर नगरपालिकामा अहिले चुनावी सरगर्मी चरम सिमामा पुगेको छ । दुइ पुर्व मन्त्रिको छोरा निर्वाचनमा होमिएकोले चुनावी सरगर्मी बढेको हो ।
पुर्व मन्त्रि मोहमद आफताव आलमको छोरा डाक्टर राजिक आलम नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् भने अर्को पुर्व स्वास्थ्य राज्य मन्त्रि स्वर्गीय मोहमद मुस्ताक आलमको छोरा मोहमद जैद राजा जनता समाजवादी पार्टी नेपालबाट नगर प्रमुख पदको उम्मेदवार भएर चुनावी चौडमा रहेकोले मतदाताहरुमा चुनावी लहर चलेको छ ।
३० गते हुने चुनावबाट जनताले आफुलाई निर्वाचित गराउने विश्वास दुवै उम्मेदवारको रहेको छ । घरदैलो कार्यमा व्यस्त देखिएका दुवै उम्मेदवार विच कडा प्रतिस्पर्धा रहेको स्थानीयहरुले बताएको छ ।
बुवालाइ कम्युनिस्ट सरकारले बिना प्रमाणको १२ बर्ष पुरानो मुदामा फसाएकोले राजपुर नगरपालिका का जनताले आफ्नो सेवकको रुपमा मलाई अघि सारेको डाक्टर आलमले बताएका छन् ।
राजपुर नगरपालिकाको समग्र विकासको लागि जनताले मेयरको उम्मेदवार बनाएको हो आफ्नो परिवार र बुबाको दवावमा आएको होइन आलमले भने ।
राजनीतिक रुपमा सड्यन्त्रको शिकार भएका वुवा पुर्व मन्त्रि महमद आफताव आलम सधै जनताको सेवक भएर कार्य गरेकोले जनताको मन भित्र अहिले पनि हुनुहुन्छ भन्दै डाक्टर आलमले बाजे र बुवा को आदर्श सिधान्तलाइ आत्म सात गर्दै नगरको जनताको सेवा गर्ने विश्वास व्यक्त गरे ।
राजपुर नगरपालिकामा नेकपा एमालेका तर्फबाट महिला उम्मेदवार सुर्मिला कोइराला , नेकपा एसबाट शाह महमद लगायतका उम्मेदवार भएपनि अन्तिम संघर्ष भने जैद राजा र राजिक आलम विच नै हुने अवस्था रहेका छन् ।
स्थानीयका अनुसार चुनावी माहौल अनुसार डाक्टर राजिक आलम नै बलियो देखिएपनि मत परिणाम ले निर्णय गरिने छन् । मतदाताहरुको घर घरमा आफ्नो एजेन्डा सहित मत माग्ने गरेका दुवै उम्मेदवारले आ आफ्नो जित प्रति पूर्ण विस्वस्त रहेको देखिएको छ ।
त्यसै गरि परोहा नगरपालिकामा बलियो उम्मेदवारको रुपमा शेख वकिल देखिएको छ भने इशनाथ नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसका अन्जु झा , लोकतान्त्रिक समाजवादी पार्टीका कौशल्या देवी सिन्हा र नेकपा एमालेका सन्तोष मेहता विच कडा प्रतिस्पर्धा हुने स्थानिय्हरुको भनाइ रहेका छन् ।
गरुडा नगरपालिकामा नेकपा एसका उम्मेदवार बृज किशोर यादव , नेपाली कांग्रेसका सुनिल यादव , नेकपा माओवादीका विपिन जैसवाल विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
रौतहटका १८ पालिका मा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित रहेको छ । गौर नगरपालिका , राजदेवी नगरपालिका ,दुर्गा भगवती गाउपालिकामा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here