एजेन्सी ।। रुसको सशस्त्र सेनाले उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको आक्रमणमा परी २ सय युक्रेनी सेना मारिएको दाबी गरेको छ । हिजो रुसी सेनाले गरेको हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी सेना मारिएको र २३ ओटा बख्तरबन्द बाहनहरू ध्वस्त भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन् । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्दार गरिएको दाबी गर्नुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।