काठमाडाैं ।। आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा गोटाबाया राजापाक्षे सरकारविरुद्ध विपक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । भोलिबाट सुरु हुने संसदमा विपक्षी दलको गठबन्धनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो । यता राजापाक्षे भने आफ्नो सरकार जोगाउनका लागि आन्तरिक छलफलमा हुनुहुन्छ । श्रीलङ्कामा बढ्दो आर्थिक सङ्कटका कारण सर्वसाधारण सडक प्रदर्शनमा उत्रेका छन् । श्रीलङ्कामा राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री महिन्द्रा राजापाक्षेको राजीनामाको माग विपक्षी दलले गर्दै आएको छ । विपक्षी दलले वर्तमान सरकारमाथि भ्रष्टाचार र कुशासनको आरोप लगाउँदै आएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












