एजेन्सी ।। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले विदेशी पर्यटकहरूलाई सहजै प्रवेश गर्न दिन निर्देशन दिनुभएको छ । कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरूको प्रवेशमा कडाइ गरिँदै आइएकोमा अहिले महामारी कम भएकाले अब खुकुलो बनाउनु पर्ने उहाँको भनाई छ । विदेशी पर्यटकहरूका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उहाँले बताउनुभएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरू ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिनुभएको छ । फिलिपिन्समा अहिले सम्म कोरोनाभाइरसका कारण ३० लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने ५८ हजार २८१ जनाको मृत्यु भएको छ । देशको अहिलेको कुल जनसङ्ख्या ६ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२ दशमलब ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरूको दाबी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।