एजेन्सी ।। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले अविश्वास प्रस्ताव पेश गरेको छ । लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताउनुभएको थियो । पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा भएका ३ सय ४२ सदस्य मध्ये अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १ सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्ती इमरान खानको पार्टी पीटीआईसँग संसदमा १ सय ५५ सिट छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।