सांकेतिक तस्विर–देश दर्शन

काठमाडौँ ।। श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै गएको छ । हिन्दु परम्परा अनुसार श्रीमानको मृत्युपछि सिन्दुर, पोते, टीका, चुरा र रातो पहिरन लगाउन पाईदैन । यो मान्यता आफुहरूको स्वतन्त्रता विरुद्ध रहेको भन्दै महिलाहरू गलत परम्परा हटाउन लागिपरेका हुन् । २८ वर्षको उमेरमा श्रीमान गुमाउनुभएका नुवाकोटका सरिता अधिकारीले दिवंगत श्रीमानको आत्माले शान्ति पाउने विश्वास सहित रातो पहिरन लगाउन सुरु गरेको बताउनुभयो । नेपाली समाजमा अझै पनि एकल महिलाले मिठो मसिनो खान नहुने तथा सजिएर बस्न नहुने गलत मानसिकता छ । कतिपय अवस्थामा उनीहरूलाई पुजापाठ लगायतका काममा समेत संलग्न हुन दिंईदैन । केही महिला त्यस्ता कुसंस्कारको विरुद्धमा खुलेर लागेका छन् । साहित्यकार पुष्पलता आचार्यले १९ वर्षअघि नै एकल महिलाका लागि रातो अभियान सुरु गर्नुभएको थियो । यो अभियान अहिले पनि चलिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागमा अहिलेसम्म ३ लाख ५५ हजार ४ जना ५५ जना एकल महिला सूचीकृत छन् । यी मध्ये कतिपय अझैपनि रातो लुगा लगाउन नहुने तथा मिठोमसिनो खान नहुने कुसंस्कारकै बीच बाँचिरहेका छन् । तर परिवर्तन आफैंबाट सुरु गरेकाहरु भने, समाजको व्यवहार फेरिंदै गएकोमा खुशी छन् । परम्परावादी समाजले यस्ता परिवर्तनलाई सहजै स्वीकार्दैन । तर एकल महिलाहरुको रातो लगाउने अभियान, सामाजिक सांस्कृतिक परिवर्तनका लागि मानक बनेको अधिकारकर्मीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here