रौतहट ।। शैक्षिक स्तरमा बृद्धि तथा शिक्षा प्रति आकर्षन बढाउन छात्रवृति आवश्यक रहेको देवाही गोनाही नपा ९का वडा अध्यक्ष राजेश साहले बताउनु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत वार्ड नं. ९ मा रहेको प्राथमिक विद्यालय धरहरीका विद्यार्थीहरुलाई छात्रबृती वितरण गर्दै अध्यक्ष साहले, नगरपालिका र आफु वडाको शिक्षा सुधारको लागि निरंतर सहयोगी भुमिकामा रहेको बताए ।
प्राथमिक विद्यालय धरहरीका प्रधानाध्यापक अशोक राय यादवको अध्यक्षतामा भएको छात्रवृति कार्यक्रममा करिव २ सय ३ विद्यार्थीहरुलाइ छात्रवृती प्रदान गरिएका विद्यालयले जनाएको छ ।
कार्यक्रममा गाउँका अभिभावक सहित खुवलाल दास, नन्दकिशोर यादव, रामदेव यादव, सुभाष यादव, संदिप यादव लगायतको उपस्थिती रहेको थियो ।





