काठमाडाैं ।। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले एमसीसी परियोजनाको विरोध गर्दै आज संसद भवन घेराउ गर्ने भएका छन् । हिजो बसेको सबै दलको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरूले आज संसद भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका छन् । काठमाडौँको माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।