काठमाडाैं ।। सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा कटौती गरेकोमा आजदेखि सबै प्रकारको सेवा दिने भएको हो । ४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहाल जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here