रौतहट ।। उम्लिरहेको दूधले नुहाउदै मुसहरहरूले भुइयाँ पूजा मनाएकाे छ । मुसहर जातीले अन्तर्राष्ट्रिय भुइयाँ दिवस शनिबार मनाएका छन्। यसलाई भुइँ पूजा भनेर पनि चिनिन्छ। जिल्लाको गुजरा नपा २ लक्ष्मिपुर टोलका मुसहरहरुले विधिअनुसार भुइयाँ पूजा गरेका हुन्। हरेक वर्ष माघेसंक्रन्तीको दिन यो पूजा गरिन्छ ।

‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, तोडौं विभेदको जन्जिर, देखाऔं वीरपुर्खाको नजिरु भन्ने नाराका साथ भुइयाँ दिवस मनाएको रौतहटका मुसहर समुदायका अगुवा  अनुप माझी मुसहरले बताए। भूमिको पूजा माटोको भाँडामा उम्लिरहेको तातो दूधले नुहाएर गर्ने चलन छ।

भुइयाँ महाराजको पूजा–आराधना गरेर यो पर्व मनाउने गरेको मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ। ुमुसहरहरु भूमिको पूजा गर्छन् तर मुसहर नै भुमीविहीन छन कस्तो बिडम्वनाु, उपाध्यक्ष माझीले गुनासो गरिन्।

कुनै समयका भूमिपति मुसहर अहिले सुकुम्बासी भएका छन्। यस विषयमा सरकार गम्भीर हुनुपर्ने मुसहर उत्थान संघ रौतहटका अध्यक्ष विनोद माझी मुसहरले बताए। जिल्लामा करीव २० हजार मुसहर छन्। ९० प्रतिशत मुसहर भूमिहीन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here