माधोपुर ।। हाम्रा सांस्कृतीक संरचनाहरुको संरक्षण गर्नु हाम्रो मुख्या जिम्मेवारी रहेको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले बताउनु भएको छ ।
नगर क्षेत्रका साँस्कृतीक संरचनाहरुको संरक्षण गर्नु आफु सधै अग्रसर रहेकोले आज यो वर्डा नं. ९ मा अवस्थीत आपरुपी प्राचीन महादेव मन्दीरको संरक्षणको निमति पहिलो चरणमा बाउड्रीय वाल निर्माण गर्न सिलान्यास गरेको मेयर यादवले बताउनु भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका वार्ड नं. ९ गढोमा अवस्थीत रहेका गरिवा, त्रिलोकी नाथको महादेव मन्दीर एक ईतिहास बोकेको मन्दीर ओझेलमा परेको र यस प्रति नगरपालिका ध्यान नपुगनु आफु लजित रहेको तर अन्तम समयमा पनि ध्यान पुगेपनि आफुले मन्दीरको संरक्षणमा धर्मशाला समेत तत्काले निर्माणको लागि अग्रसर हुने नगरप्रमुख यादवले बताए । नगरक्षेत्रमा प्रयर्टन क्षेत्रको प्रयाप्त सम्भवना रहेको र प्रयर्टन क्षेत्र निर्माणको लागि निरंतर पहलमा रहेकोले जानकरी गराए ।
सिलान्यास कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र कुश्वाहा जसपा नेपालका प्रदेश समिति सदस्य श्यामबिहिरी यादव, सो वडाका वडा सदस्यहरु, संचारकर्मी लगायतको सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here