माधोपुर ।। बढदो जनसंख्यामा काजपरोजनको लागि अवाश्यक ठाउँको अभावलाई समुदायिक भवनले परिपूर्ति गर्नु माधवनारायण नगरपालिका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले बताउनु भएको छ ।
माधवनारायण नगरपालिकाका वार्ड नंंं. ८ पिप्रा रजवडामा एउटा समुदायीक भवनको सिलान्यास गर्दै, यस वार्डका नागरिकहरुको व्यक्तिगत तथा सर्वजनिक काजपरोजनको लागि निर्माण हुनलागेको समुदायिक भवनले महत्वपूर्ण हुने बताए । बढो आधुनिकरण, गरिवी, व्यक्तीगत जग्गाको कमि जस्ता समस्यहरुको मध्य नजर गर्दै, रजवडाका बासीहरुलाई नगरपालिकाको आर्थिक सहयोग ३ कोठे भवन २५ लाखको लागतमा निर्माण हुन लागको मेयर यादवले जनाए ।
मेयर यादव र वडा अध्यक्ष जितेन्द्र कुश्वाहाले सयूक्त रुपमा सिलान्यास गर्नु भएको उक्त समुदायिक भवन ३ महिना भित्र निर्माण भई सक्ने वडा अध्यक्ष कुश्वाहाले बताए । कार्यक्रममा जसपा नेपालका प्रदेश समिति सदस्य श्यामबिहिरी यादव, सो वडाका वडा सदस्यहरु, संचारकर्मी लगायतको सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।





