काठमाडाैं ।। नेकपा एमालेको ६२ जिल्लामा भएको अधिवेशनको परिणाम आएको छ । ६८ जिल्लामा अधिवेशन भएको भए पनि ६२ जिल्लाको मात्र परिणाम आएको एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोक, दैलेख र पर्सामा भने अधिवेशन उद्घाटन भएर पनि स्थगित गरिएको छ । मौसमको प्रतिकुलताले मनाङ, मस्ताङ, मुगु, हुम्ला, पूर्व रुकुम, बझाङ अधिवेशन हुन सकेको छैन । आउँदो माघ २२ गतेभित्र सबै जिल्लामा अधिवेशन सक्ने निर्देशन दिइएको भए पनि कोरोना भाइरसको सङ्क्रमण दर तीब्र रूपमा फैलिएकाले जिल्ला अधिवेशन प्रभावित हुने देखिएको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here