राैतहट ।। किसानहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै हाम्रो देश नेपाल एक कृषि प्रधान देश हो र मधेशका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषि पेसा संग जोडिएका छन् तर यहाँका किसानहरू लाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिचाईको व्यवस्था तिनै तहका सरकारले गर्न चाहेको छैन र यसको लागि आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई वेवास्ता गर्ने किसानहरू माथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएको सर्वविदितै छ ।
सरकारको किसान विरोधी क्रियाकलापले आजित भएका आम किसानहरू मधेसी जनताको एक मात्र पार्टी जनमत पार्टीको नेतृत्वमा गोलबन्द भइ विगत केही दिनदेखि सिरहा जिल्लामा आन्दोलनरत रहेको सर्वविदितै छ र उक्त किसान आन्दोलनमा सरकार र प्रशासनको दमनमुखी रवैयाले किसानहरू माथि भएको दमन प्रति जनमत पार्टी रौतहटको गंभीर ध्यानाकर्षण भएको छ ।
सिरहा देखि सुरु भएको किसानहरूको जायज आन्दोलन प्रति एक्यवद्धता प्रकट गर्दै जनमत पार्टी रौतहट आपना मागहरु अगाडी सार्दै, समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर । सिचाईको व्यवस्था गर, नसके सिंचाईका लागि विधुत निशुल्क गर । हावा हुरी, बर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति वापत राहत देउ । फसलको उचित मूल्य कायम गर । उखु किसान को भुक्तानी गर । गिरफ्तार आन्दोलनकारी लाई रिहा गर विज्ञप्तीमा उल्लेख गरेका छन । पार्टीले आज मंगलबार जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन र भली बुधबार खाना–नास्ता, औषधि पसल र अति आवश्यक सवारी साधन वाहेक रौतहट जिल्ला भरि आम हड्ताल तथा सदरमुकाम गौरमा किसान जनप्रदर्शन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here