काठमाडाैं ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या २५ करोड नाघेको छ । अहिलेसम्म विश्वभर २८ करोड १८ लाखभन्दा धेरैमा कोरोना पुष्टि भएको कोरोनाको सङ्ख्या अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । जसमध्ये यो खबर तयार पार्दासम्म २५ करोड ९ लाखभन्दा धेरै निको भएका छन् भने ५४ लाख २१ हजार सङ्क्रमितको भने मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै विश्वभर ७ लाख ३० हजार नयाँ सङ्क्रमित थपिएका छन् भने ४ लाख ९६ हजार निको भएका छन् । ४ हजार ६ सयको भने मृत्यु भएको छ ।





