काठमाडाैं ।। सरकारले आजदेखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको फाइजर खोप अभियान केही दिनका लागि स्थगित भएको छ । खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सुइ आउन ढिलो हुने भएका कारण खोप अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । आठदस दिनभित्रैमा खोप अभियान सुरु हुने उहाँको भनाइ छ । खोप अभियानको लागि ६ लाख ६४ हजार ६ सय ५० मात्रा फाइजर खोप नेपाल आइसकेको छ । पुस २ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते ८ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here