काठमाडाैं ।। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनको दिउँसो ३ बजे काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच उद्घाटने गर्ने कार्यक्रम तय भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि आठौं महाधिवेशनका रूपमा अघि बढाउने निर्णय माओवादी केन्द्रले हिजो मात्रै गरेको हो । सबै प्रक्रिया पुगेका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय हिजोको स्थायी कमिटीको बैठकले गरेको हो । उक्त निर्णयलाई पारित गराउन र अरु विषयमा छलफलका लागि आज बिहान केन्द्रीय समितिको बैठक बस्न लागेको कार्यालय ढकालको भनाइ छ । केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजलाई पनि पारित गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक केहीबेरअघि सुरु भइसकेको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । सम्मेलनमा भाग लिन देशभरका माओवादी नेता, कार्यकर्ता काठमाडौँ आइसकेका छन् । सम्मेलनमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर मास्क, स्यानीटाइजर अनिवार्य गरिने भएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भनिए पनि माओवादी केन्द्रको अध्यक्षमा फेरि पनि प्रचण्ड नै दोहोरिनु हुने भएको छ । हालसम्म अध्यक्ष प्रचण्डलाइ चुनौती दिने गरि कसैले पनि अध्यक्षमा चाहना राखेका छैनन् । तर पदाधिकारीमा भने आकाङ्क्षीहरू धेरै देखिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here