रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौर सुन चाँदी लगायत अन्य व्यापार गर्ने भारतीय नागरिकले अवैध रुपमा नेपाली नागरिकता प्राप्त गरि नेपालमा जग्गा खरिद समेत गरेको छ ।
भारत विहार राज्यको सीतामढी जिल्ला बस्ने व्यक्तिहरुले व्यापार गर्ने उदेश्यले नेपालमा भित्रिए पछि दोहोरो नागरिकता प्राप्त गरेर अचल सम्पति समेत आर्जन गरेको देखिएको छ ।
गौर भन्सार रोडको नेपाल लाज देखि जिल्ला अस्पताल चौक सम्म सुन चाँदीको व्यवसाय गर्ने व्यक्तिको छानविन गर्न जरुरि भएको स्थानीय हरुले बताएका छन् ।
भाडामा व्यवसाय शुरु गरेका भारतीय नागरिकहरुले अहिले मुख्य सडकमा जग्गा खरिद गरेर आफै धनि बनेको हुदा त्यसको सम्पति र पारिवारिक विवरणको छानविन गर्न आवश्यक भएको हो । जिल्ला अदालत देखि पुर्व तर्फमा रहेको दिनानाथ साइकल स्टोरका संचालक पनि भारतीय नागरिक रहेको छ ।
नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको कारोवार गर्दै आएको हो । कृष्णा ज्येलार्स र महावीर ज्वेलर्स नामको सुनचांदी पसल संचालन गरेको छ । मुख्य सडकमा आफ्नै तिन तल्ले भवन निर्माण गरेको विरेन्द्र साह सोनारले गएको सेप्टेम्बर महिनामा भएको स्थानीय निर्वाचनमा ग्राम पंचायत प्रमुखको उम्मेदवार बनेको थियो ।
बिरेन्द्र साहले भारतको बिहार राज्य सितामढी जिल्लाको रिगा प्रखण्डमा रेवासी पकरी ग्राम पञ्चायतजगदीश साहको जेठो छोरा रहेको छ । विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार सहित उनका श्रीमती बुवा समेतको नागरिकता रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाही नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।
यति मात्र होइन यिनीहरुको रौतहटमा कालो सम्पत्ति सहित बैंकमा खाता समेत संचालन रहेको तथ्य बाहिरीएका छन्। यति मात्र होईन बर्षौं देखि दुवै दाजुभाइ माँ जानकी एण्ड कृष्णा ज्वेर्लस संचालन गर्दै आएका दुवै जनाले वार्षिक एक करोड भन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ ।
बिरेन्द्र साह संग फोन सम्पर्क गरी सोधपुछ गर्दा मैले नेपाली नागरिकता त्याग गरि सकेको साहले दावी गरे पनि कानुनी रुपमा यसको पुस्टि हुन् सकेको छैन । मेन रोडमा रहेको सलोनी ज्वेलर्सका संचालक पनि भारतीय नागरिक रहेको बुझिएको छ ।
भारतीय नागरिकले नेपालमा व्यवसायिक रुपमा प्रवेश गरेपछि स्वदेशी नागरिकलाइ आर्थिक रुपमा समस्या उतपन्न भएको छ । मुख्य सडकका छेउमा जग्गा खरिद गर्न मनोपोली ढंगबाट मुल्य दिने गरेको कारण नेपाली नागरिकलाइ समस्या उब्जेको हो !
दिनानाथ साइकल स्टोर्स संचालन गरेर व्यवसाय शुरु गरेका दिनानाथ जैसवालले भारतको बैरगनिया बजार गौर बैरगनिया सडक खण्ड अन्तर्गत भारत संचार निगमका टावर देखि पुर्व ३ कठ्ठा जग्गा खरिद गरेर आफ्नो छोराको नाउमा पसल संचालन गरेको देखिएको छ । अजय अटो मोबाइल सर्भिसको नाउमा खोलिएको पसल दिनानाथ जैसवालको रहेको छ ।
जैसवालले खरिद गरेको जग्गा कानुनी रुपमा विवादित भएकोले अदालतबाट नै भारतीय भएको पुस्टि भै रहेको छ । रेन्बो होटेलको छेउमा पछिम तर्फ तिन तल्ले भवन निर्माण गरेर साइकल पसल संचालन गरेका जैसवालले नेपालमा के कुन आधारमा महँगो जग्गा खरिद गरेको भन्ने विषय विचारणीय रहेको छ ।
भारतको बैरगनियामा खरिद गरेको जग्गाको विषयमा पटना उच्च उदालतमा मुद्दा चल्ती अवस्थामा रहेको समाचार स्रोतले जनाएको छ ।
२०६३ सालमा नेपाल सरकारले खटाएको नागरिकता टोलीमा रौतहट जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका तत्कालिन गाउ विकास समितिमा ८ दलिए गठवन्धनको सहकार्यमा भारतीय नागरिकहरुले अवैध रुपमा नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरेको हुदा सो अवधिमा जारी भएको नेपाली नागरिकताको गहन रुपमा छानविन हुनु पर्ने स्थानीय हरुले माग गरेको छ ।
रौतहटमा दोहोरो नागरिकताधारीको विगविगी छानविन गर्न माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।