मुम्बई ।। बलिउड अभिनेत्री प्रियङ्का चोपडाको नाममा अर्को एक उपलब्धि थपिएको छ ।
उनको नाम ‘मोस्ट एडमायर्ड वुमन–२०२१’ को सूचीमा परेको छ । यसमा प्रियङ्काका अलावा अभिनेत्री एन्जेलिना जोली, स्कारलेट जोन्सन, एम्मा वाटसन र टेलर स्‍व‍िफ्ट पनि छन् ।गत वर्ष प्रियङ्काको नाम यस लिस्टमा १५ औँ नम्बरमा थियो ।
रिपोर्टका अनुसार यस सर्वेक्षणमा ३८ देशका ४२ हजार मानिसले भाग लिएका थिए । यो सूचीमा पहिलो नम्बरमा मिसेल ओबामाको नाम छ भने अभिनेत्री एन्जेलिना जोली दोस्रो र बेलायतकी महारानी एलिजाबेथ द्वितीयको नाम तेस्रो नम्बरमा छ ।
यो सूचिमा प्रियङ्का चोपडा १० नम्बरमा छिन् । जसमा पाकिस्तानकी मलाल युसुफजाई ९ नम्बरमा छिन् । गत वर्षको तुलनामा दुवैको वरियतामा ५–५ अङ्कले वृद्धि भएको छ ।
यति बेला प्रियङ्का चोपडा आफ्नो नयाँ शो ‘सिटाडेल’ को सुटिङमा व्यस्त छिन् भने उनको फिल्म ‘द म्याट्रिक्स रिसर्रेसन’ छिट्टै रिलिज हुँदै छ ।प्रियङ्का चोपडाले सन् २००० मा मिस वर्ल्डको ताज जितेकी थिइन् । यसपछि उनले सन् २००२ मा रिलिज भएको फिल्म ‘हमराज’ बाट डेब्यू गरेकी हुन् ।
बलिउडमा काम गरेपछि प्रियङ्काले सन् २०१५ मा ‘क्वान्टिको’ शोबाट हलिउडमा डेब्यु गरेकी थिइन् ।
प्रियङ्काको अन्तिम समय सार्वजनिक भएको फिल्म ‘द ह्वाइट टाइगर’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here