काठमाडाैं ।। नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ । राति आएको मतपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो । दोस्रो चरणको मतदानमा चार हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।