काठमाडौं ।। नेपालमा बलात्कार, बेचबिखन, बहुविवाह, बाल विवाहजस्ता घटनाहरू बढिरहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको बार्षिक प्रतिवेदन अनुसार नेपालमा बलात्कार, बेचबिखन, बहुविवाह, बाल विवाहजस्ता घटनाहरू बढिरहेका देखाएको हो । आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, आजै लंैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान पनि सकिदै छ । दिवस र अभियान चलिरहेको भएपनि मानव अधिकार उल्लङ्घनका घटनामा कमि आएको छैन । प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देशभर ६१ जनालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरिएको छ । जसमा सबैभन्दा बढि प्रदेश नम्बर २ मा २५ ओटा घटना भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार गत वर्ष मानव बेचविखन सम्बन्धी ५ सय २८ मुद्धा दायर हुँदा ६ सय १८ महिला पिडित भएका छन् । गत वर्ष २ हजार ३ सय २१ महिलामाथी बलात्कार भएको छ । गत बर्ष देशभर बाट ८४ ओटा बालविवाहका मुद्धा परेको प्रहरीको तथ्याङ् छ भने ८ सय ५२ ओटा बहुविवाहका मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्षमा देशभर ३९ ओटा जातिय छुवाछुतका घटना प्रहरीमा दर्ता भएको छ । गलत परम्परागत अभ्यास र सोचका कारण नागरिक मौलिक अधिकार उपभोगबाट समेत बञ्चित भइरहेका छन् ।
आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, महिला माथी हुने हिंसा बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।