जनकपुर ।। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ।
प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको लागि उनलाई नियुक्त गरिएको हो।समाजिक विकासमन्त्री नवल किशोर साहको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले उनलाई नियुक्त गरेका हुन्।
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने नवनियुक्त उपकुलपति महतो प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य हुन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here