काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावस्यक बाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ। अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रिन भेरिएन्ट दक्षिण अफ्रिका तथा एसियाली मुलुकहरुमा तीब्र विस्तार भइरहेको भन्दै मन्त्रालयले भ्रमणमा सजगता अपनाउन विज्ञप्ति जारी गरेको हो।
हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परिनसकेको जनाउँदै मन्त्रालयले यस भेरियन्टलाई नेपाल प्रवेश हुन नदिन र जनजीवन सामान्य राख्न सबै निकाय तीब्र रुपमा एक भएर काम गरिरहेको जनाएको छ।
मन्त्रालयले यस भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड पालन गर्न समेत आग्रह गरेको छ। मन्त्रालयले पायक पर्ने स्थानमा गएर कोभिड १९ विरुद्धको खोप लगाउन पनि भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here