रौतहट ।। रौतहट सहित विश्वभर मनाइने महा छठपर्व आज देखि विधिवत रुपमा सुरु भएको छ । रौतहटमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन डोम अर्थात मलिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् । रौतहटका सदरमुकाम गौर सहित विभिन्न ठाउँमा मलिकले दिनरात बाँसको सामग्री बनाउन व्यस्त छन् । उनीहरुले छठमा प्रयोग हुने कोनिया, ढाकी,सुपली, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन सक्रिय रहेको सो मलिक समुदायले बताए ।
छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अघिदेखि नै आफूहरु त्यस्ता सामग्री बनाउन लागेको उनीहरुको भनाइ छ । गाउँगाउँबाट एक पहिला देखी नै बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मलिक समुदायले बताए ।
छठपर्वमा बाँसका सामग्री बढी मात्रामा आवश्यक पर्छ । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गर्छ । अहिले रु १५० देखि ३०० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको छ ।
बाँसको सामग्री बनाउन व्यस्त मलिक समुदाय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।