रौतहट ।। गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साह कानुले वडाका जेष्ठ नागरिक महिला पुरुषलाइ धार्मिक तिर्थ स्थल भ्रमण गराउने घोषणा गरेका छन् ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को वडा स्तरीय योजना अन्तर्गत आइतवार आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्वोधन गर्दै वडा अध्यक्ष साहले यस्तो घोषणा गरेका हुन् । जेष्ठ नागरिक पुजनीय भएकोले उहाहरुलाई धार्मिक तिर्थ स्थलहरुको भ्रमण गराउदा पुन्य हुने विश्वास व्यक्त गरे ।
वडा कार्यालयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित सम्मान कार्यक्रममा आफ्नो धर्ना राख्दै वडा अध्यक्ष साहले जेष्ठ नागरिक आमा बुबा समान भएकोले वहाको सेवा गर्दा चारै धामको पुन्य प्राप्त हुने बताए ।
आमा बुबाको माया सेवा गर्दा धार्मिक हिसावले पुन्य प्राप्त हुने लोकविश्वास तथा धार्मिक ग्रन्थमा उल्लेख गरिएको बताए । आर्थिक सामाजिक र भौतिक विकास गर्नमा सक्रिय रहेका वडा अध्यक्ष साह सामाजिक विकासको कार्यमा अव्वल स्थान प्राप्त गर्न सफल भएका छन् ।
गौर नगरपालिकामा अन्य वडा अध्यक्षहरुले गर्न नसकेको कार्य गरेर वडा अध्यक्ष साह लोकप्रियता हासिल गर्न सफल भएका छन् । निर्वाचित भए देखि धार्मिक र सामाजिक कार्यमा रुचि राख्ने वडा अध्यक्ष साह विभिन्न लोकप्रिय तथा जनमुखी कार्य गरि जनताको मन जित्न सफल भएका हुन् ।
महेन्द्र साह कानुको प्रमुख आतिथ्यमा भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा अध्यक्ष साहले नेपाल सरकारको मापदण्ड अनुसार सामाजिक सुरक्षाको रकम खाने ७९ जना जेष्ठ नागरिकहरुलाई कम्बल १ थान , दोसाला १ थान , होर्लिक्स १ थान चावनप्रास १ बाट सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका अवध किशोर साह , सज्जन साह , एमालेका रामजी साह , गोपाल अग्रवाल ,पुकारी देवी लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।
Home प्रदेश समाचार मधेश प्रदेश जेष्ठ नागरिक महिला पुरुषलाइ धार्मिक तिर्थ स्थल भ्रमण गराउने वडा अध्यक्ष साहको...
जेष्ठ नागरिक महिला पुरुषलाइ धार्मिक तिर्थ स्थल भ्रमण गराउने वडा अध्यक्ष साहको घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।