बारा ।। नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल भित्¥याउने प्रकृया सुरु गरेको छ । ६९ किलोमिटर लामो पाइपलाइनबाट डिजेल आउने प्रक्रिया भने २ वर्ष अघि नै सुरु भएको हो । सोही पाइपको प्रयोगबाट पेट्रोल र मट्टीतेल पनि भित्¥याउने योजनाका साथ नेपाल आयल निगमले काम सुरु गरेको छ । नियमित काम भएको खण्डमा दुई वर्ष भित्र पाइपको माध्यमबाट सिधै पेट्रोल र मट्टीतेल नेपाल आइपुग्ने छ । यसबाट नेपाललाई पेट्रोलियम पदार्थ खरिदमा लागत कम पर्ने छ । पाईपलाईन माफर्लत डिजल भित्¥याएको दुई वर्षपछि निगमले सोही पाईप मार्फत पेट्रोल र मट्टीतेल समेत भित्¥याउने योजना बनाएको हो । त्यसका लागि भारत पुर्ण रुपमा तयार देखिएको छ भने नेपालले पनि प्राविधिक काम सुरु गरिसकेको नेपाल आयल निगम, २ नम्बर प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रदिप यादवले बताउनुभयो । उहाँले सबै प्राविधिक तयारी पूरा भएको भन्दै थानकोटमा २ वटा ट्याङ्की बनाउने र अमलेखगञ्जमा ५÷५ हजार केलको पेट्रोल र डिजेलको ट्याङ्की बनाउनका लागि बजेट छुट्याइसकिएको पनि जानकारी दिनुभयो । पाइपलाइनबाट प्रतिघन्टा ४ लाख लिटरभन्दा बढी पेट्रोल र मट्टीतेल नेपाल आइपुग्छ । भण्डारणको लागि नेपालले अमलेखगञ्ज र थानकोट डिपोमा भर्टिकल ट्याङ्क निर्माणको प्रक्रिया सुरु भएको छ । ट्याङ्क निर्माण भएलगत्तै पेट्रोलियम पदार्थ लिन भारत जानुपर्दैन, सिधै पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आइपपुग्ने छ । यसबाट ढुवानी लागत घट्ने र चुहावट कम हुने विश्वास निगमको छ । कुनै अवरोध नभए डेढ वर्षभित्रमा योजना सम्पन्न गरिसक्ने लक्ष निगमले लिएको छ । आयोजना सम्पन्न गर्न लगभग ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि भने निगमलाई ढुवानी र अन्य खर्च वापत मासिक ११ करोड रुपैयाँसम्म बचत हुने प्रक्षेपण निगमको छ ।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल भित्र्याउने प्रक्रिया सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।