काठमाडाैं ।। प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिन लाग्नुभएको छ । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको गत शुक्रबारको बैठकमा आचार्यले टेबुल गर्नुभएको थियो । प्रस्तावउपर छलफलपछि मुख्यमन्त्रीले जवाफ दिनु हुनेछ । त्यसपछि मत विभाजन सुरु हुनेछ । विपक्षी दलले भने मुख्यमन्त्री आचार्य र नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबानामा बुनिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । प्रमुख विपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधानतः सरकार अल्पमतमा परिसकेको अवस्थामा एकदुई दिन बढाउनु खोज्नु सत्तालिप्साको प्रयास मात्र भएको टिप्पणी गर्नुभयो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले सरकार अवैधानिक रुपमा सत्तामा रहेको बताउँदै मत विभाजनसम्बन्धी सबै कार्यमा सरकारद्वारा विलम्ब भएको बताउनुभयो । सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठकमा विश्वासको मत विभाजन हुने जानकारी गराइसक्नुभएको छ । अब विपक्षी गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नु हुनेछ । उहाँलाई मुख्यमन्त्री बनाउन दलीय गठबन्धनले प्रस्ताव गरेपछि सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।