काठमाडाैं ।। आज बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पुजा अर्चना गरेर मनाइँदै छ । आज दसैँ घर र विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । दसैँको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरूमा भक्तजनहरूको भिड लागेको छ । राजधानीभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको हो । त्यस्तै उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।