काठमाडाैं ।। नेपालमा गत २४ घन्टामा थप १ हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १५ हजार ४ सय ६५ कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ९२ हजार २ सय ६७ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ८ सय ९१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ७ लाख ७२ हजार २ सय २९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय ९२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १ सय ९४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here