काठमाडाैं ।। सर्वोच्च अदालतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिट निवेदक हितेन्द्रदेव शाक्यले घिसिङलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गर्नुभएको थियो । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग कारण देखाउ आदेश माग गरेको छ । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।
Home मुख्य समाचार विद्युत प्राधिकरणका निर्देशक घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार





