काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभर १६ हजार ५ सय ३९ जनाको परीक्षण गर्दा १ हजार १ सय सय ४९ जनाको पीसीआर र ३ सय ७३ जनाको एन्टीजेन मार्फतबाट कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६५ हजार २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाको कारण १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २६ हजार ६ सय ३० जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here