काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१६ नमूना परीक्षणमध्ये ९६१ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ६१ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९२४ पुगेको छ । मन्त्रालयका अनुसार थप एक हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।
हाल मुलुकभर २७ हजार ९५८ सक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here