दाङ ।। दाङ र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति तनहुँको बन्दीपुर गाउँपालिका १ स्याउली चिसापानीमा ग १ त ३११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका सुदिप कपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका कपालीको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । दाङ्को लमही नगरपालिका रातुडाँडामा रा ४ प ७८५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका ७ हसनापुरका ४६ वर्षका शिवु गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गिरीको लमही अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here