काठमाडाैं ।। अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सम्भावित आक्रमणकारी लाई निशाना बनाएर आक्रमण गरेको अमेरिकाले दाबी गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले गरेको ड्रोन आक्रमणमा एकै परिवारका ९ सदस्य मारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । मारिनेमा ६ बालबालिका रहेको बताइएको छ । निशाना बनाइएको आइएस–के को सवारी साधनमा रहेको विस्फोटक पदार्थका कारण भएको बिस्फोटले क्षति भएको हुन सक्ने अमेरिकाले बताएको छ । अमेरिकाले यसअघि फेरि पनि गम्भीर आतङ्कवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।





