काठमाडाैं ।। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । औपचारिक रुपमा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । हिजो वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकले स्थायी कमिटी बैठकले गरेका प्रस्ताव अनुमोदन गर्ने तयारी छ । यस्तै विभिन्न कार्ययोजना पारित हुने उहाँले जानकारी दिनुभयो । यसअघि अस्ति मंगलबार एमाले स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले एमाले एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्दै राष्ट्रिय सम्मेलन मङसीरमा गर्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसैबीच नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकले संसदीय दलको नेतामा नेता भिम आचार्यलाई चयन गरेर मुख्यमन्त्री बनाउने निणर्य गर्ने तयारी गरेको छ ।
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।