जनकपुर ।। प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराज विदा भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार पदमुक्त भएका अहिराजले बुधवार सरकारी निवास छोडेका छन् ।
साथै पूर्वप्रदेश प्रमुखको सुविधा नलिने घोषणा गरेका छन् ।
जाँदाजाँदै अहिराजले ‘पद’ र ‘शक्ति’ सधैंका लागि कोहीसँग नरहने भन्दै नागरिक टाढिने र नागरिक सर्वोच्चतालाई अवमूल्यन नगर्न सचेत गराएका छन् ।
आफूले गरेकाको फेरिहस्त पनि प्रस्तुत गरेका छन् । प्रदेश प्रमुख अहिराजको सम्बोधन





