नुवाकोट ।। नुवाकोटमा एक वर्षको अवधिमा ७० वटा सवारीसाधन दुर्घटना भएको छ । जसमा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा दुर्घटना सङ्ख्या गत वर्षको तुलनामा वृद्धि समेत भएको छ । तर, आर्थिक वर्ष २०७६÷०७७ मा १९ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । नुवाकोटसँगैको रसुवामा आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा कम ६ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या बढेर आर्थिक वर्ष २०७७÷०७८ मा ९ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उचित रुपमा ट्राफिक नियम पालना नगर्दा पहाडी संरचना रहेको नुवाकोटमा सवारी दुर्घटना हुने गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here