काठमाडाैं ।।भारत सरकारले कोरोना सङ्क्रमणको दर बढेको जिल्लामा कडाई गर्न निर्देशन दिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले कुल जनसङ्ख्याको १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको जिल्लामा कडाई गर्न निर्देशन दिएको हो । कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित बनेको भारतमा तेस्रो लहरको जोखिम बढेको भन्दै कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न भारत सरकारले आग्रह गरेको छ । भारतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टले फेरि सङ्क्रमित थपिने दर बढ्दै गएको र मृत्युदर पनि ४ सयभन्दा बढी रहेकाले सरकारले कडाई गर्न भनेको हो । कोरोनाको तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्व तयारीमा जुट्न पनि भनेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।